बेवारिसे अवस्थामा भारतमा भेटिए एक जना नेपाली ।

बल बहादुर जयगडी
साउन४ भारतको महाराष्ट्र राज्य पुनामामा रहेको पिम्प्री चिन्चोट स्थित आकृडी रेल्वे स्टेशन मा एक जना नेपाली एक खुट्टा बिहिन अवस्था मा भेटिएका छन्।

सडक मागीरहेकोे बेला एक जना नेपाल बाट भर्खरै आएका सुरज बहादुर रावल ले नेपाली मा बोल्दा उहाँले पनि नेपाली मा कुरा गर्दा नेपाली भएको पहिचान खुलेको थियो।आफ्नो खुट्टा ट्रक को ठक्करले काटिएको बताउदै।

आफ्नो नाम शिद्धराज ढुंगाना,बुबाको नाम बलाराम ढुंगाना,पहाड घर मगलसेन नगरपालिका जनाली बण्डाली र कैलाली लम्कीचुवा नगरपालिका ७ बताउनु भएको छ यो खबर को जानकारी संगै प्रनेस भारत पुना नगर कोषाध्यक्ष शंकर खतिवडा सुदुरपश्चिमेली नेपाली समाज भारत का केन्द्रिय सल्लाहकार सदस्य तथा नेपाल न्युज दैनिक मुम्बई का सम्बादाता बलबहादुर जयगडी घटनाको स्थलगत अध्यन गर्न आकृडी रेल्वे स्टेसन पुगि उहाँको बारेमा बुझ्न् खोज्दा उहाँको शरीरमा दिशा पिसाब सहित स्टेशन मा सुतेका थिए उठ्न सकेन एउटा् मानवता को नाताले उहाँ लाई सकुशल घरमा पुर्याउन र उहाँको आफन्त लाई जानकारी गराउन सामाजिक संजाल मा लाइभ गरेका छन ।

उहाँका नजिकका आफन्त ले उ धेरै समय देखी यसरी अलपत्र परेको र घरमा जान नमान्ने र नजीक को आफन्त ले पनि खासै वास्त नगरेको जानकारी प्राप्त भएको छ।एउटा् नेपाली को नाताले उहालाई घरसम्म पुर्याउन हरेक क्षेत्र बाट विभिन्न संघसंगठन,पेसा व्यावसायिक,बस व्यावसायिक,बुद्धिजीवी,पत्रकार प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गरिन्छ।

xx

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*