जनता द्वारा लगानी गरिएको हजारौंका परिश्रमका लाखौं,करोडौं पसिनाका थोपाहरुमा दुई थोपा पसीना

जनता द्वारा लगानी गरिएको हजारौंका परिश्रमका लाखौं,करोडौं पसिनाका थोपाहरुमा दुई थोपा पसीना आफ्नो पनि परेकोमा गर्ब गर्दै यो जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा संचालित सामुदायिक जनता टेलिभिजन तेस्रो बर्षमा प्रबेस गरेको खबरले खुसी लागेको छ । यो जनता टेलिभिजन जनताकै धड़कन बन्न सफल बनिरहोस , जनतालाई निष्पक्ष्य समाचार सुसुचित बनाउन , राष्ट्र र राष्ट्रीयताको पक्षमा सतिशाल जस्तै उभिन सकोस , देसबासी तथा प्रवासी नेपालीहरूको आवाज बन्न सकोस ! आधुनिक प्रबिधिबाट सञ्चालित यो टेलिभिजनलाई सबैको अपार मायाँ , साथ, सहयोग मिलिरहोस ! यसका बोर्ड डायरेक्टर दाजु डा. बिजय पौडेल लगाएतको टीम , सञ्चालक टीम , प्राविधिक टीम , पत्रकारहरु , कर्मचारिहरु सबैलाई धन्यबाद सहित हार्दिक बधाई ब्यक्त गर्दै टेलिभिजन सँग प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा जोड़ीनु भएका सबैलाई उज्वल भबिस्यको हार्दिक शुभकामना ब्यक्त गर्दछु ! जयहोस ! 💐💐
– टिका पौडेल
भारत प्रवास

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*