प्रवासी नेपाली मञ्च कतार राष्ट्रिय कमिटि सदस्य तथा जनसंगित मञ्च प्रमुख पुर्ण नेपालीलाई बिदाई

प्रवासी नेपाली मञ्च कतार राष्ट्रिय कमिटिका सदस्य तथा जनसंगित मञ्च प्रमुख कमरेड  पुर्ण नेपाली आफ्नो १० बर्षे कतार बसाई पुरा गरेर विदाई हुनुभएको छ । कतारमा रहदा प्रवासी नेपाली मञ्चमा आबद्ध भई संगठनकोलागि उहाँले निर्वाह गर्नु भएको महत्वपुर्ण भूमिका मञ्चको इतिहाँसमा उच्च मुल्याङकन सहित दर्ज रहनेछ । सुरिलो बाँसुरीको धुन मार्फत मञ्चका कार्यक्रमहरुलाई संगितमय बनाउदै उर्जा प्रदान गर्नु हुने कमरेड नेपाली नेपालमा पनि त्यत्तिकै क्रियाशिलरुपमा बाम आन्दोलानमा निरन्तर लागिरहनु हुनेछ भन्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु । उहाँको सुखद एवं सुरक्षित यात्राका साथै व्यक्तिगत जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

हार्दिक अभिवादन सहित
चानक पोखरेल
अध्यक्ष,
प्रवासी नेपाली मंच कतार परिवार

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*