गजल

रबी रिहाइको खबर जब मेरो कानमा पर्यो
निर्दोषिहरु कै बोली आज सम्मानमा पर्यो

दोषी पालेर निर्दोषी कदाचित शिकार नगरौ
निर्दोषी पनि त कानूनको समाधानमा पर्यो

झुपड़ी हेरेरै आज देशको हालात समझिए
एक घरको दुइ मझेरी मेरो उखानमा पर्यो

घर जलेरै आगो निभाउन दमकल बोलाए
दमकल पनि मुर्दारको आजै वाहानमा पर्यो

गरीब चुसेर तिम्रो महल चमम्कीयो सधैभरी
चन्द्रमा माथि ताराको औकात गुणगानमा पर्यो ।

बाबुराम रिजाल
गुल्मी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*